आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई
काठमाडौं। आर्थिक पत्रकार समाज (सेजन) को २७औँ साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अध्यक्षमा भागवत भट्टराई विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा भट्टराईले १८ मतान्तरले विजयी हासिल गरेका हुन्। उनले ११० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत पाए । अध्यक्षमा प्रतिस्पर्धा गरेकी आशा थपलियाले ४१ मत प्राप्त गरिन् ।
महासचिवमा कमलकुमार बस्नेत ३५ मतान्तरले विजयी भए । उनले १३९ मत ल्याउँदा उनका प्रतिद्वन्दी अच्युत पुरीले १०४ मत मात्र पाए ।
कोषाध्यक्षमा ममता थापा विजयी भइन् । उनले १३३ मत ल्याउँदै केशु लामिछानेलाई २५ मतले पछि पारेकी हुन् । त्यस्तै, सदस्यतर्फ सीमा तामाङ, भोजराज भण्डारी, राजु बास्कोटा, अर्जुन तामाङ र कमल धिताल विजयी भएका छन् ।
यसअघि उपाध्यक्षमा जीवन बस्नेत र सचिव शंकर पण्डित शुक्रबार नै निर्विरोध भएका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




