एमालेको विधान महाधिवेशनले घोषणा गर्यो २९ बुँदे प्रस्ताव
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै अत्यन्त सफलतापूर्वक आज सम्पन्न भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० गते पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष र भव्य समारोहबीच उद्घाटन गर्नुभएको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धी प्रस्ताव, सांगठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरी सम्पन्न भएको हाे ।
विधान महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसै गरी केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ-आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेेका थिए।
प्रतिवेदनहरूमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएको थियो । ती समूहहरूमा खास गरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि अत्यन्त सौहार्दपूर्ण वातावरणमा घनिभूत छलफल भएको थियो । छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको महाधिवेशन पछि पार्टीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
महाधिवेशनले समसामयिक प्रस्ताव मस्यौदा समितिको तर्फबाट पार्टीका सचिव योगेश भट्टराईले प्रस्तुत गरेको विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वका समसामयिक २९ बुँदे प्रस्ताव पारित गरेको छ ।


ताजा अपडेट
-
१.
हर्क साम्पाङ सुनसरी १ बाट विजयी
-
२.
मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी
-
३.
‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की
-
४.
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
-
५.
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
ट्रेन्डिङ
सम्बन्धित समाचार
हर्क साम्पाङ सुनसरी १ बाट विजयी
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले ३५ हजार...
मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी
काठमाडौँ। मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन्। शाही सात हजार ९१४ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।...
‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...




