समाचार

यी स्थानमा पर्नेछ पानी

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । भारी वर्षा भने एकाध ठाउँमा मात्रै हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ ।

देशको पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित छ ।

सम्बन्धित समाचार

सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ। कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित...

पूर्वप्रधानमन्त्री देउवा हङकङतिर

पूर्वप्रधानमन्त्री देउवा हङकङतिर

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ जानुभएको छ । सिंगापुरमा नियमित उपचार सकिएपछि...

मौसम विभाग भन्छ : अबको केही समयमा पानी रहन्छ

मौसम विभाग भन्छ : अबको केही समयमा पानी रहन्छ

काठमाडौं। शुक्रबारदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबताससहित वर्षा...

मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडाैँ। हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकाे छ। रामनवमी र इदको अवसरमा...