राजनीति

कांग्रेसकै नेताले भने ; गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार जनधन जोगाउन चुक्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जनताको जिउधनको रक्षा गर्न सरकार असफल भएको बताएका छन् । सरकारबाट कांग्रेस बाहिरिनुपर्नेमा उनले जोड दिएका छन् ।

गृहमन्त्री रमेश लेखकलाई तत्काल फिर्ता बोलाउँदै सरकारबाट पनि बाहिरिने गरी निर्णय गर्न उनले आह्वान गरेका छन् ।

“अहिलेको कठिन र विषम परिस्थितिमा सरकार जनताको ज्यानधन जोगाउन पूर्णतः असफल भएको स्पष्ट देखिएको छ,” भण्डारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपाली कांग्रेसले गृहमन्त्रीलाई तत्काल राजीनामा गराई सरकारबाट बाहिरिने निर्णय गर्न तथा शान्ति र अमनचयन कायम गर्न तत्काल केन्द्रीय समितिको बैठक आह्वान गर्न हार्दिक अनुरोध गर्दछु ।”

भण्डारी कांग्रेसभित्र हिन्दुराष्ट्र अभियानका संयोजक समेत हुन् ।

सम्बन्धित समाचार

हर्क साम्पाङ सुनसरी १ बाट विजयी

हर्क साम्पाङ सुनसरी १ बाट विजयी

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले ३५ हजार...

मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी

मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी

काठमाडौँ।  मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन्। शाही सात हजार ९१४ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।...

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...