समाचार

देशभरका अस्पतालमा कहाँ कति छन् घाइते, हेर्नुहोस् सूची

काठमाडौँ। सोमबार भएको जेनजी प्रदर्शनमा ३४७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको थियो। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको छ। ट्रमामा ८ जनाले ज्यान गुमाएका छन् ।

वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेस्ट अस्पतालमा १०२ जनाको उपचार भइरहेको छ । अस्पतालमा ७ जना गम्भीर घाइते छन्। मन्त्रालयका अनुसार एभरेस्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ । पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन् ।

पोखराको गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ । झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ । विराटनगरकफ विराट मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको छ ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...