समाचार

प्रधानमन्त्रीले भने : जेनजीको प्रदर्शनमा घुसपैठ भयो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थकेन्द्रको घुसपैठका कारण जेनजीको शान्तिपूर्ण प्रदर्शनमा अकल्पनीय घटना भएको बताएका छन्।

जेनजीको प्रदर्शनमा कम्तीमा १९ जनाको मृत्यु र चार सयभन्दा बढी घाइते भएको घटनालाई लिएर प्रधानमन्त्रीले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नुपर्ने अवस्था आएको भनेर टिप्पणी गरेका छन्।

उनले वक्तव्यमार्फत भनेका छन्, ‘हाम्रा छोराछोरी पुस्ताले आफ्‌ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो। जेनजी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन। हामी जेनजीका मागलाई सुनिरहेका थियौं। तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो।’

 

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...

पुलचोकको दाउरा थकालीमा आगलागी

पुलचोकको दाउरा थकालीमा आगलागी

काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...