राजनीति

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सन्देश : विषम परिस्थितिमा धैर्य र संयम अपनाउनु

काठमाडौं।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितीमा धैर्य र संयमता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सामाजिक सद्ध्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गरेका हुन्। ‘जस्तोसुकै कठिन परिस्थितीमा पनि लोकतान्त्रिक पद्धती,बहुलबादी मूल्य मान्यता,सामाजिक न्याय,विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता,समर्थक,शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु’ पोखरेलले लेखेका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वभाविक बल प्रयोग,त्यसबाट भएको धनजनको क्षति,ऐतिहासिक सम्पदा,सार्वजनिक सम्पती,राजनीतिक दलका कार्यलय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पतिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा र भत्सर्ना गरेका छन्।  पोखरेलले सामाजिक सञ्जालमा लेखेको स्टाटस
हार्दिक अनुरोध

जेन जी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सन्जालमाथिको प्रतिवन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रीत आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति सबैको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । आन्दोलनका क्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्घान्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गर्दछु ।

आन्दोलनमा भएको अस्वभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठूलो क्षति , सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा , राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजानी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न । यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीमाथि कडा कानूनी कारवाही गरिनुपर्छ । साथै, भविष्यमा यस्ता दुस्खद वघटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।

यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन , समाजमा शान्ति, अमनचयन र सामाजिक वसद्भावका लागि सबैको पहल र प्रयत्न आवश्यक छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता , सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक , शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु । विगतबाट शिक्षा लिदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा हामी सबै अघि बढ्नु अहिलेको आवश्यकता हो ।

सम्बन्धित समाचार

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...