अर्थ

जेनजीका अनेक कुरा, फेरि कुलमानलाई प्रधानमन्त्री बनाउनेमा छलफल

काठमाडौं। जेनजी आन्दोलनभित्रको अर्को समूह “जेन–जी नेपाल”ले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि पूर्वविद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

समूहले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन निष्कर्षतर्फ उन्मुख भएको दाबी गर्दै अन्तरिम मन्त्रिपरिषद् गठन भएलगत्तै समाधान आउने उल्लेख गरिएको छ।

प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन), धरानका मेयर हर्क साम्पाङ र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा पनि विचार भए तर विभिन्न कारणले अस्वीकृत भएको समूहले स्पष्ट गरेको छ। अन्ततः, सर्वसम्मत सहमतिका आधारमा कुलमान घिसिङलाई अघि सारिएको हो।

सम्बन्धित समाचार

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...