अर्थ

होटलको प्रारम्भिक क्षति २५ अर्ब: हान

काठमाडौं। सोमबारको जेन-जी आन्दोलनपछि मंगलबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले देशभरका होटल उद्योगमा ठूलो क्षति पुर्‍याएका छन्।


नेपाल होटल संघ (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ। यसरी तोडफोड र आगजनीमा परेको सम्पत्तिको अनुमानित मूल्य २५ अर्ब रुपैयाँ बराबर रहेको छ।

हानका अनुसार सबैभन्दा धेरै होटल व्यवसाय काठमाडौं र पोखरामा क्षति भएका छन्। यी दुई शहरपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटल उद्योग प्रभावित भएका छन्।

आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ। प्रभावित होटलहरु यस सिजनमा सञ्चालनमा आउन नसक्ने हानको भनाइ छ।

प्रारम्भिक विवरणअनुसार क्षति भएका होटलमध्ये करिब ६० प्रतिशतले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना रहेको संघले जनाएको छ।

सम्बन्धित समाचार

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...