अर्थ

चौधरी समूहले भन्यो : भौतिकरूपमा सबैभन्दा ठूलो क्षति ब्यहोर्यौँ, तर उठ्नेछौँ

काठमाडौं।  चौधरी समूह (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनका कारण भौतिकरुपमा ठूलो क्षति व्यहोरे पनि आफू उठ्ने बताएका छन्।

आन्दोलनकारीले निवासदेखि उद्योग, शोरुमसम्म गरिएको लुटपाट, तोडफोड र आगजनी गरेपनि आफूहरूको सपना जिउँदै रहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले लेखेका छन्, ‘केही दिनभित्रै हाम्रो कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी अवस्था आएको छ। परिवर्तन र जबाफदेहीताका लागि सुरु भएको युवा आन्दोलनलाई बाह्य शक्तिले हिंसा, आगजनी र लूटमा परिणत गरिदियो। हाम्रो अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरियो, परिवारका घरमा आगो लगाइयो, कलकारखाना, कार्यालय र शोरुमहरू जलाइए ।’

उनले दशकौँको मेहनत र समर्पण क्षणभरमै खरानी भएको बताएका छन् । यो आक्रमण केवल सम्पत्तिमा होइन, आशा, विश्वास र देशमा केही अर्थपूर्ण निर्माण गर्ने भावनामा पनि भएको उनले दुखेसो पोखेका छन् ।

तर कठिन क्षणमा पनि सीजी परिवारको साहस देखिएको उनको भनाइ छ । आफूहरू घाइते र हल्लिएको भए पनि ‘टुटेका छैनौँ’ भन्दै चौधरीले भनेका छन्– दुष्टहरूले हाम्रो भवन जलाउन सक्छन् तर हाम्रो सपना जलाउन सक्दैनन् । उनीहरूले शोरुम लुट्न सक्छन् तर हाम्रो मूल्य लुट्न सक्दैनन् । उनीहरूले हामीलाई कमजोर बनाउन खोज्छन् तर हाम्रो परिवारको एकतालाई तोड्न सक्दैनन् ।

उनले चौधरी समूह नेपालकै सबैभन्दा ठूलो करदाता, ठूला रोजगारीदातामध्ये एक र राष्ट्र निर्माणमा अग्रणी भएको उल्लेख गर्दै विगतमा भूकम्प, बाढीदेखि महामारीसम्म प्रत्येक संकटमा अग्र पङ्क्तिमा रहेको स्मरण गराए ।

“हामी फेरि उठ्नेछौँ, पुनर्निर्माण गर्नेछौँ र अझ बलियो भएर अघि बढ्नेछौँ । इतिहासले हाम्रो खरानीलाई होइन, खरानीबाट उभिएको हाम्रो शक्ति, गौरव र एकतालाई सम्झनेछ,” उनले प्रतिज्ञा गरेका छन् ।

सम्बन्धित समाचार

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...