राजनीति

कार्की क्याबिनेटको पहिलो निर्णय ; संसद् भंग, निर्वाचन घोषणा

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद भंग गरेका हुन्।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्। संसद विघटन गर्ने कार्की नेतृत्वको एक सदस्यीय मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिले सदर गरेका हुन्। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति जुटेको थियो।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ।

राष्ट्रपति पौडेलले उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आगामी फागुनभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ।

सम्बन्धित समाचार

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ।  हालसम्म...

सर्वनाक हारपछि एमाले नगर अध्यक्षबाट राजीनामा

सर्वनाक हारपछि एमाले नगर अध्यक्षबाट राजीनामा

बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिनुभएको छ । एमाले...

प्रत्यक्षमा निर्वाचित सांसद :  खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

प्रत्यक्षमा निर्वाचित सांसद : खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट...

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७...