राजनीति

संयुक्त राष्ट्र संघले सुशिला कार्कीलाई दियो बधाई

काठमाडौँ।  संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा नेपाली जनताप्रति बधाई दिएको छ।

संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर हम्दीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतितर्फ महत्वपूर्ण कदम चाल्ने विश्वास व्यक्त गरेकी छिन्।

विज्ञप्तिमा भनिएको छ,‘यस निर्णायक घडीमा संयुक्त राष्ट्रसंघले नेपाली जनतासँगै उभिएर शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिका आकांक्षामा साथ दिनेछ।’

हम्दीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक राज सिग्देल र जेनजेड युवा नेताहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको प्रयासले नै यो परिवर्तन सम्भव भएको उल्लेख गरेकी छिन्।

संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री कार्कीलाई जिम्मेवारी निर्वाहमा सफलता कामना गर्दै नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालका जनताको हितका लागि स्थायित्व, मानव अधिकार र दिगो विकासतर्फको यात्रामा संयुक्त राष्ट्रसंघ सधैं सहकार्य गर्न तयार छ।’

सम्बन्धित समाचार

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ।  हालसम्म...

सर्वनाक हारपछि एमाले नगर अध्यक्षबाट राजीनामा

सर्वनाक हारपछि एमाले नगर अध्यक्षबाट राजीनामा

बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिनुभएको छ । एमाले...

प्रत्यक्षमा निर्वाचित सांसद :  खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

प्रत्यक्षमा निर्वाचित सांसद : खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट...

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७...