राजनीति

सुमनाले भनिन् : म मन्त्री बन्दिन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीपरिषद्‌मा सहभागी नहुने बताएकी छन्।

शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले आफ्नो कुनै चाह नरहेको बताइएकी हुन्।

शुक्रबार कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा सपथ लिएपछि श्रेष्ठ पनि बधाई कार्यक्रममा सहभागी थिइन्। त्यसपछि उनी पनि कार्कीको मन्त्रीपरिषद्‌को सदस्य बन्न लागेको अड्कलबाजी चलेको थियो।

तर श्रेष्ठले ती सबै भ्रम रहेको र आफू अन्तरिम सरकारको मन्त्री नबन्ने स्पष्ट पारेकी छन्। उनले यसअघि मन्त्री बनेकालाई पनि मन्त्री बन्नका लागि चाह नराख्न आग्रह गरेकी छन्।

‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन। उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु’, उनले भिडियोमा भनेकी छन्।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...