तीन मन्त्रीले लिए शपथ
काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का तीन सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्राेत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रीमा कुलमान घिसिङले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




