समाचार

जेनजी आन्दोलन ; त्रिवि शिक्षण अस्पतालमा २८ मृतकको पोस्टमार्टम

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको पोस्टमार्टम सकिएको छ। अस्पतालमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण भइरहेको छ।

हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा.गोपाल चौधरीले जानकारी दिए।

उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट परीक्षण गरिन्छ।

डा.चौधरीले भने,‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन्। पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ।’ अस्पतालमा हाल २२ जना उपचाररत छन्।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...