अर्थ

नागरिक उड्डयन प्राधिकरणले भन्यो : हराएका सामान फिर्ता ल्याउनुहोला, नभए कारबाही हुन्छ

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ २४ गतेको आन्दोलनका क्रममा बबरमहलस्थित प्रधान कार्यालय र देशभरका नागरिक उड्डयन कार्यालयहरूमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा कार्यालयका सामग्री हराएको वा चोरी भएको जनाएको छ।

प्राधिकरणले हराइएका/चोरी भएका सामानमा टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट, फर्निचर लगायत समावेश रहेको जनाएको छ।

प्राधिकरणले घटनास्थलका सिसिटिभी फुटेजमार्फत तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्य भइरहेको उल्लेख गरेको छ।

‘यदि कसैले उक्त सामग्रीहरू कार्यालय वा मातहतका कार्यालयहरूबाट लिएको वा प्राप्त गरेको भए तत्काल जिल्ला प्रहरी परिसर, काठमाडौं वा प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा सामान बुझाउन अथवा मातहत कार्यालयको हकमा सो कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सामान फिर्ता गर्न अनुरोध गरिएको छ, प्राधिकरणको सूचनामा भनिएको छ।’

सम्बन्धित समाचार

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...