के यसपल्ट दसैँको अग्रिम टिकटको बुकिङ नखुल्ने हो?
काठमाडौँ। यस वर्षको दसैँ, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।
मंगलबार काठमाडौँको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्वद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम सुरु भइसकेकाले दसैँका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेको हो।
जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरूको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दसैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो।
उहाँले दसैँका लागि घर जानेहरुले ३–४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो। उहाँले भन्नुभयाे, ‘अब यो दसैँका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौँ। किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै बिदा भइसके। त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरुलगायतका पब्लिक करिब ५० हजार मानिसहरु गाेंगबु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ। त्यो हुनाले अब अग्रिम बुकिङ आवश्यक छैन। दसैँका लागि विशेष बुकिङ हुँदैन। ३–४ दिनअघि नै टिकट दिने निर्णय गरेका छौँ। अब टिकट पाइँदैन भनेर भिड गरेर जानुपर्ने अवस्था छैन। जानुभन्दा २/४ दिन अगाडि गएर टिकट लिएर अगाडि बढने काम गरौँ। सडक कतिपय ठाउँमा बिग्रका छन्। सडक विभागलगायतको निकाय बसेर हामीले सडकलाई सहज बनाएर जाने र बढीभन्दा बढी गाडी उपत्यकामा उपलब्ध गराएर र त्यतिले पनि पुगेन भने काठमाडौँको लोकल गाडीलाई पनि म्यानेज गरेर पठाउँछौँ।’
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरुको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्वद्ध सबै पक्षसँग छलफल गरिएको बताउनुभयो । उहाँले यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने पनि बताउनुभयो।
बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दसैँमा यात्रुहरुलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताउनुभयो। उहाँले दसैँमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनीसमेत दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




