राजनीति

मध्यावधि चुनावका लागि नामावली दर्ता समय थप्ने तयारी

काठमाडौं। फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्न व्यवस्थापकीय पक्षलाई कसरी चुस्त बनाउने भन्नेबारे पनि छलफल भइरहेको छ।

‘फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय नै भइसक्यो। आयोग त्यसको तयारीमा लागिरहेको छ,’ उहाँले भन्नुभ यो’मतदाता नामावलीमा नाम दर्ताको समय लम्ब्याउने तयारी पनि गरिरहेका छौँ। ठ्याक्कै यो महिना यति गतेसम्म नाम दर्ता गरौँ भनेर भोलिसम्म सूचना आउँछ।’

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन सरकार ढलेर अन्तरिम सरकार बनिसकेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनुपर्ने कार्यभार छ।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...