पर्यटन क्षेत्र पूर्ववत अवस्थामा, पर्यटकलाई घुमफिरका लागि दशैँ–तिहारको समय ‘उत्तम’
जेन–जी आन्दोलनका कारण केही दिन असहज स्थिति पैदा भएपनि हाल होटेल, रेस्टुरेण्टदेखि एयरलाइन्स, ट्रेकिङ र ट्राभल व्यवसायसम्म सबै गतिविधि पूर्ववत अवस्थामा फर्किएका छन् । पहिलेकै अवस्थामा फर्किएसँगै दशैँ,तिहारको बेला पर्यटन क्षेत्र चयायमान हुने देखिएको छ ।
नेपाल होटेल संघ (हान) का अध्यक्ष विनायक शाहले पनि मुलुकको पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको र अब फेरि यो क्षेत्र माथि उठ्ने बताउनुभएको छ । शाहकाअनुसार सरकारले पनि पर्यटन क्षेत्रलाई पूर्ण साथ दिएको छ र अब पर्यटकले बुकिङ रद्ध गर्नुपर्ने कुनै कारण छैन । नेपाल आउने पर्यटकलाई उनीहरुले खोजेको सेवा दिन पर्यटन क्षेत्रका सबै पक्ष तयार रहेको उहाँले बताउनु भएको छ । अहिले चाडपर्वको बेला भएकाले पनि नेपालमा पर्यटक आउँदा धेरै रमाइलो गरेर जान सक्ने बताउनु भयो । शाहकाअनुसार नेपाल आउने पर्यटकका लागि लक्षित गरेर विभिन्न चाडपर्वलक्षित प्याकेजहरु समेत ल्याउने तयारी भइरहेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई अझ आकर्षित गर्न नयाँ योजना र स्किमहरू तयार भइरहेको छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष शाहले भन्नुभयो–‘अहिले हामी सबै कुराहरू पूर्ववत अवस्थामा फर्किसकेका छौं । होटेल, रेस्टुरेण्ट र जति पनि हाम्रा एयरलाइन्सका कुराहरूलाई, ट्रेकिङका, ट्राभलका सबै कुराहरू हामी पूर्ववत अवस्थामा सामान्यकरणमा आइसकेका छौं । कुनै यसमा बाधा, अवरोध केही पनि छैन । सरकारले पनि हामीलाई साथ दिएको छ । अब अगाडि बढ्ने हो । पर्यटकका लागि यो सिजन एकदमै राम्रो हो । अब जसले नेपाल आउने बुकिङ गर्नुभएको छ र अब उहाँहरूले क्यान्सिलिल गर्न आवश्यक छैन । आउनुस्, पर्यटकले खोजेको कुरा पाउन सक्नुहुन्छ र मौसम अब धेरै राम्रो हुन्छ । अब हाम्रो दशैँ–तिहारमा फेरि रमाइलो मौसम पनि हो, चाडपर्व पनि छ । पर्यटकका लागि हामीले नयाँनयाँ स्कीम पनि ल्याउँदै छौं । हाम्रो फोकस भारत र चीनमा अझ बढी फोकस हुन्छ । त्यहाँबाट आउने पर्यटकहरू धेरै हुनुहुन्छ । उहाँहरूलाई अझ आकर्षित गर्ने, हामी नयाँ–नयाँ स्किमहरू, नयाँ–नयाँ हाम्रो योजनाहरू पनि हामीले तयार पारिराछौं । प्याकेजहरुमा हामीले आमुल परिवर्तन गर्दैछौं । अब पर्यटकले आउँदाखेरि पनि त्यो परिवर्तनको महशुस उहाँहरुले पनि गर्नसक्नुहुनेछ । हामीले दिने सेवा पनि आत्मीयताले भरिएको हुनेछ ।’
अध्यक्ष शाहकाअनुसार अहिले नेपालका होटलहरुको क्षमता वार्षिक रुपमा ३५/३६ लाख पर्यटकलाई सेवा दिन सक्नेछ । ती पर्यटकले विश्वस्तरको सुविधा नेपालमै पाउन सक्छन् । तर अहिले नेपालमा १२ लाख मात्रै पर्यटक आउने गरिरहेका छन् । अब यो पर्यटकको संख्यालाई बढाउन जरुरी छ । पोखरा, भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट अर्बौँ लगानीमा बनाइएकाले तिनको समेत उपयोग गरेर पर्यटक भित्राउन सक्नुपर्ने शाहले बताउनु भयो । पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति र साझेदारहरूको सहयोग र माया समेत महत्वपूर्ण भएको उहाँको भनाइ रहेको छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)
नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष...
इरानले बन्द गर्यो होर्मुज समुद्री जलमार्ग
काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...
“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”
कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...
नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का
प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...




