सबै राजनीति दलबीच समझदारी गरेर राजालाई स्थान दिन राप्रपाको आह्वान
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरूबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गर्नुभएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग गर्नुभयो।
उहाँले देशमा यति ठूलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने जिकिर गर्नु भयो। संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको जिकीर गर्नुभ यो।
अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उहाँको भनाई थियो।
राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा सतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ। राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ। सरकार मात्रै परिवर्तन गरेर जेन जीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट पारेको छ।
उहाँले भन्यो, ‘संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु हो। अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको पुस्तान्तरण हो। नेपालको राजनीतिमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएको जबरजस्त पुस्तालाई जबरजस्त विस्थापन गरेको छ।’
अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको दाबी गर्नुभयो। उनले जेनजी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




