अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी हुने
काठमाडौं। अबदेखि अन्तरराष्ट्रिय कार्डमार्फत पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली आबद्ध गरी आजदेखि सञ्चालनमा ल्याएको जनाएको छ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।
यो प्रणालीसँग अन्तरआबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियामा सहजता आउनेछ। साथै, सेवा प्रवाहलाई कागजातरहित र भौतिक उपस्थितिरहित बनाएर २४ घण्टा उपलब्ध हुने व्यवस्था भएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो।
महालेखा नियन्त्रक कार्यालयले यस प्रणालीले द्रुत राजस्व सङ्कलनमा टेवा पुर्याउने, पारदर्शिता बढाउने, अन्तरराष्ट्रिय पहुँचसहित सेवाग्राहीमैत्री वातावरण बनाउने र डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको जनाएको छ।
यस प्रणालीमार्फत मास्टर कार्ड, भिसा कार्ड, ‘अलिपे’लगायत अन्तरराष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्ड प्रयोग गरेर अध्यागमन विभागले तोकेको सेवामा राजस्व भुक्तानी गर्न सकिनेछ। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल प्रवेश गर्ने पर्यटकलाई सजिलै सेवा लिन सक्ने सुविधा दिने बताइएको छ।
हालका लागि यो सेवा अध्यागमन विभाग र मातहतका निकायमार्फत प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा मात्र सीमित छ। तर, आगामी दिनमा अन्य सरकारी निकायमा पनि क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो। रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




