राजनीति

`सुदन गुरुङ एमाले प्रवेश गर्ने कुरा महेश बस्नेतबाट झुटो प्रचार´

काठमाडौं। हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर एमाले नेता महेश बस्नेतले गरेको टिप्पणीमा सत्यता नभएको जनाएको छ।

शनिबार प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले एमाले नेता बस्नेतसँग संयोजक गुरूङको कुराकानी नै नभएको जानकारी गराएको हो।

शुक्रबार एमाले नेता महेश बस्नेतले सुदन गुरूङ एमालेमा प्रवेश गर्ने लागेको भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए।

‘उनी एमाले आउँछन् जस्तो लाग्छ। अलिअलि कुराकानी भएको थियो। मलाई सुरक्षा थ्रेट भयो भनेर उनी र उनीसँगै हिँड्ने बब्लु लगायत ठूलो टिम हामीसँग सम्पर्कमा छन्। उनीहरू चाँडै नै एमाले आए भने तपाईंहरू अचम्मित नमान्नुस्,’ बस्नेतले भन्नुभएको थियो।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...