सीके राउतबाट छुटेका नेताले खोले जनस्वराज पार्टी
काठमाडौँ। न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित सीके राउतको जनमत पार्टीबाट छुटेका नेताहरूले इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरेका छन्।
यही असोज ३ र ४ गते जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रमबाट जनस्वराज पार्टीको घोषणा गरिएको संयोजक साहले जानकारी दिनुभयो । भेलाले साहको संयोजकत्वमा प्रशिक्षण विभाग र इन्जिनियर सुरेन्द्रनारायण यादवको संयोजकत्वमा आर्थिक विभागसमेत गठन गरेको छ । पार्टी संयोजक साह यसअघि जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष र आर्थिक विभाग संयोजक यादव जनमतकै कोषाध्यक्ष हुनुहुन्थ्यो।
उक्त पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गर्न, बेथिति र भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीति स्थापित गर्न, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिततासहित मुलुक सुहाउँदो पूर्वाधार विकासलाई प्राथमिकता दिनेलगायत उद्देश्य लिएको संयोजक साहले जानकारी दिनुभयो ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




