मुग्लिङ नारायणगढ सडक : सडक नखुल्ने देखेपछि पैदलै हिँड्न थाले यात्रु
काठमाडौँ। मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।
असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् उनि रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते विहान साढे ९ बजे मुग्लिङ पुगेकाछन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि ट्राफिक प्रहरीहरुले सवारी रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झन प्रताडित हुनु परेको चन्दले बताउनुभयो ।
वहाँले भन्नुभयो पानी खान पाइएको छैन, खाना खान पाइएको छैन अलिकति भएपनि अगाडी जान पाए हुन्थ्यो बजारको आसपास पुग्नु पाए हुन्थ्यो भन्ने यात्रुहरुलाई छ तर, ट्राफिक प्रहरीहरुको व्यवहार रुखो हुँदा वादविवाद भएको वहाँले बताउनुभयो ।
बल्ल मुग्लिङ आइपुगिएयो अव त कमसेकम पानी त खान पाइन्छ नी चन्दले भन्नुभयो । वहाका अनुसार बाटोमा हजारौँ यात्रुहरु अलपत्र छन् कतिपय विरामी, बुढापाका, महिला बालबालिकाहरुछन् सबैको बेहाल छ । सडकमा कतै सरकार छ भन्ने अनुभूति गर्न पाइएन । पहिरो पन्छाउन नसक्दा असोज ३ गते साढे ६ बजेदखि हालसम्म यातायात आवागमन बन्द भएको छ । जसका कारण हजारौँ यात्रु तथा यातायात मजदुरहरु समस्यामा परेकाछन् । लामो समय सडक जाम हुँदा खाद्यान्नको समस्या परेको छ । यसैक्रममा मुग्लिङका स्थानीयले पहल गरेर असोज ४ गते समस्यामा परेका यात्रु तथा मजदुरहरुलाई खानाको व्यवस्था गरिएको थियो ।
अझैपनि पहिरो खसिरहेकाले पन्छाउने कार्य जटिल भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले सबै शक्ति प्रयोग गरेरै भएपनि पहिरो पन्छाउनु पर्ने माग गरेकाछन् ।
करिव ३५ हजार सवारी साधनमा काम गर्ने करिव ८० हजार यातायात मजदुरहरु भरतपुरदेखि नागढुङ्गा सडक खण्डमा फसेको र करिव ५ लाख यात्रुहरु प्रभावित भएको कुरा स्मरण गराउदै सडक डिभिजन कार्यालय भरतपुरको ५ वटा लोडर र एक्जाभेटरबाट मात्रै पहिरो पन्छाउने कार्य तत्काल सम्भव नहुने राईले बताउनु भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




