अर्थ

जेनजी आन्दोलन :निजी क्षेत्रको कतिको सम्पत्ति र संरचना ध्वस्त भए?

काठमाडौं। निजी क्षेत्रले सरकारसँग सुरक्षा, समन्वय र सहकार्यको माग गर्दै अर्थतन्त्रको पुनर्निर्माण तथा पुनरूत्थानका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

आइतबार प्रधानमन्त्री सुशिला कार्कीसँग भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनका क्रममा निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै तत्काल प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिनुभयो।

महासंघको प्रारम्भिक तथ्यांक अनुसार हालसम्म निजी क्षेत्रमा करिब ८० अर्ब रूपैयाँ बराबरको क्षति भएको देखिएको छ।

अझै देशभरका उद्योग, व्यवसाय र साना उद्यमका क्षति विवरण संकलन भइरहेको र ठूलो उद्योग तथा राजधानी बाहिरका व्यवसायहरूको पूर्ण विवरण आउन बाँकी रहेको अध्यक्ष ढकालले बताउनुभयो।

निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गर्दै ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको अवस्थामा यसलाई सुरक्षित राख्न सरकार जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...