जनजीको नाममा कांग्रेस केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा आगजनी
काठमाडौं । जेनजीले गत भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लालगायत मातहतका ४८ कार्यालयमा क्षति पुगेको छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केन्द्रीय कार्यालय आगजनी हुँदा करिब १० करोड रुपैयाँको क्षतिको विवरण प्राप्त भएको बताउनुभयो। भदौ २४ गते प्रदर्शनकारीहरूले सानेपास्थित केन्द्रीय कार्यालय तोडफोड गरी आगजनी गरेका थिए।
‘केन्द्रीय कार्यालयसहित देशभरका ४८ कार्यालयमा क्षति पुगेको छ,’ उहाँले भन्नुभयो।
साथै सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठसहित १२५ जना नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको छ।
आजसम्म प्राप्त जानकारीअनुसार केन्द्रीय समिति देउवासहित प्रदेश, जिल्ला र स्थानीय नेताको गरी १२५ जनाको घरमा आगजनी र तोडफोड भएको पाइएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।
प्रदर्शनकारीहरूले विराटनगरस्थित कोइराला निवास, बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रमलगायतमा पनि आगजनी गरेका थिए।
ताजा अपडेट
-
१.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
-
२.
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
-
५.
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...
प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने
काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...




