शिक्षामन्त्री पुनका निर्णय : ३ महिनाभित्र विश्वविद्यालय नतिजा निकाल्नुपर्ने, सामुदायिक विद्यालयमा कम्युटर शिक्षक अनिवार्य
काठमाडौं। शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीकाे परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्न निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयले गरेकाे निर्देशन सार्जनिक गर्दै पुनले तीन महिनाभित्र पनि परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयकाे अनुदान राेक्न निर्देशन दिएकाे जानकारी दिनुभएको हो।
मन्त्री पुनले एक वर्षसम्म विद्यार्थीले दिएकाे परीक्षाकाे नतिजा सार्वजनिक नहुने गरेकाे पाइएकाे भन्दै यस्ताे कार्यले विद्यार्थीमा अपूरणीय क्षति हुने गरेकाे बताउनुभएको हो। उनले नेपालभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गराउन एक जना शिक्षककाे दरबन्दी गराउन निर्देशन दिइएकाे समेत बताउनुभएको हो।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयकाे परिसरभित्र रहेका ठूला रूख नकाट्ने तर झाडी फाँडेर सुन्दर बगैँचा बनाउन पनि निर्देशन दिनुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...
समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...
मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...




