अर्थ

तुइन खोलामा पहिरो खसेपछि प्रशासनले भन्यो : बाटो तत्काल खुल्दैन, वैकल्पिक बाटो रोज्नुहोला

चितवन। नारायणगढ–मुग्लिङ सडक खण्डमा आज ठूलो पहिरो खस्दा आवागमन पूर्णरूपमा बन्द भएको छ। पहिरो ठुलो भएकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन र सुरक्षाकर्मीहरूले यात्रु तथा सवारी धनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती र गैँडाकोट, धादिङको नौबिसे तथा तनहुँतर्फ जाने यात्रुका लागि खैरेनीटारमार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

प्रशासनले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र यात्रामा समस्या परेमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग सहयोग लिन आग्रह गरेको छ ।

प्रशासनले जोखिम मोलेर यात्रा समेत नगर्न आग्रह गरेको छ । आफ्नो ज्यान बचेमा पछि पनि यात्रा गर्न सकिने जारी सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...