खेलकुद

श्रीलंकामाथि पाकिस्तानको जित

काठमाडौँ। यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पाकिस्तानको जितमा मोहम्मद नवाजले अविजित ३८ तथा हुसेन तलतले अविजित ३२ रन बनाए ।पाकिस्तान ८०-५ को अवस्थामा पुग्दा यी दुईले छैटौं विकेटका लागि अविजित अर्धशतकीय साझेदारी गर्दै जित दिलाए।

श्रीलंकाका वानिन्दु हसरंगा र महीश थिक्सानाले २-२ विकेट लिँदा दुश्मान्था चमीराले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । कमिन्दु मेन्डिसले ५० रन बनाउनुबाहेक अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

कप्तान चरिथ असलंकाले २० तथा चमिका करुणारत्नेले १७ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ३ विकेट लिँदा हारिस राउफ र हुसेन तलतले २(२ तथा अबरार अहमदले १ विकेट लिए ।

जितसँगै पाकिस्तानले सुपर फोरमा २ अंक जोडेको छ । यसअघि पाकिस्तान भारतसँग पराजित भएको थियो । यता श्रीलंकाले भने बंगलादेशसँग हार बेहोरेको थियो ।

सुपर फोरमा भारतको १ खेलबाट २ अंक छ भने पाकिस्तानको २ खेलबाट २ अंक र बंगलादेशको १ खेलबाट २ अंक छ ।

सुपर फोरको शीर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...