अन्तर्राष्ट्रिय

फ्रान्सद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता

काठमाडौँ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले दुई–राज्य समाधान सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठकमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघका अन्य धेरैजसो सदस्य राष्ट्रहरूसँग फ्रान्स पनि सामेल भएको छ । फ्रान्स र साउदी अरेबियाको सह–अध्यक्षतामा प्यालेस्टाइनको प्रश्नको शान्तिपूर्ण समाधान र दुई–राज्य समाधानको कार्यान्वयनको लागि उच्च–स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा म्याक्रोनले फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको घोषणा गर्नुभयो ।

बैठकमा माल्टा, मोनाको र लक्जमबर्गले पनि आफ्नो मान्यताको घोषणा गरेपछि प्यालेस्टाइन राज्यलाई मान्यता दिने देशहरूको संख्या १५० भन्दा बढी पुगेको छ। आइतबार, बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले दुई–राज्य समाधानको लागि जोड दिन प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएका छन्।

८० औं संयुक्त राष्ट्र महासभा सत्रकी अध्यक्ष अन्नालेना बेरबकले दशक लामो इजरायली–प्यालेस्टाइन द्वन्द्वलाई अनन्त युद्ध, स्थायी कब्जा र बारम्बार आतंकबाट समाधान गर्न नसकिने र प्यालेस्टिनी र इजरायली दुवैका भावी पुस्ताले शान्ति, सुरक्षा र सम्मानमा बाँच्नसक्ने कुरा सुनिश्चित गर्ने एक मात्र तरिका दुई–राज्य समाधान हो भन्ने कुरामा जोड दिनुभयो।

महासभाले गाजामा तत्काल, बिना शर्त र स्थायी युद्धविराम हुनुपर्ने माग राखेको छ । इजरायलले तुरुन्तै सबै प्यालेस्टिनी नागरिकहरूलाई पूर्ण, द्रुत, सुरक्षित र अवरोध बिना मानवीय सहायताको प्रवेश र वितरणलाई सहज बनाउनुपर्ने भनेको छ । हमासले बाँकी रहेका सबै वन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गर्नुपर्ने बताइएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...