सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल बनाइएको छैन : रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पार्नुभएको छ ।
बुधवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो स्पष्टिकरण दिनुभएको हो । कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रिय समिति बैठकले अनुमोदन गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँले लिखितम राजीनामा प्राप्त भएको छैन । तर उहाँले हाम्रो आधिकारिक ग्रुप हुन्छ पार्टी केन्द्रिय समितिको । त्यो ग्रुपमा उहाँले स्पष्ट रुपमा पार्टी छोडेको धारणा राखिसक्न भएको हुनाले कार्यवाहक सभापतिले हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई आधार मानेर स्वीकृत गरेको छु । र त्यसलाई केन्द्रिय समिति बैठकले अनुमोदन पनि गरिसकेको छ । उहाँलाई पार्टीमा स्वागत गर्न हाम्रो ढोका खुला छ । कार्यदल बनाएको छैन ।’
कार्यवाहक सभापति अर्यालले पार्टी भित्र कुनै फरक मत नरहेको पनि दोहो¥याउनु भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...
१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...




