राजनीति

सरकारले भ्रष्ट नेतालाई कारबाही गर्नुपर्छ: भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभएको छ ।

बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताउनु भयो।

उहाँले राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो । उहाँले प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको टिप्पणी गर्नुभयो।

उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि जेन–जी विद्रोह जायज भएपनि केही नेता र वाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी पनि गर्नुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताउनु भयो ।

उहाँले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रतयक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताउनु भयो । निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरुले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । म देशलाई वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनको लागि मैले पद परित्याग गरेको हुँ । अहिले बहस भइरहेको राजनीतिक दल सुध्रिने कि सक्किने भन्ने कुरा छ । त्यसकारण पनि दलहरुमा पुस्तान्तरण गर्न अग्रसर हुनुपर्छ । नयाँ शक्तिका रुपमा आएका राजनीतिक दलहरु र युवाहरुको लागि पनि मार्ग प्रशस्त गर्नुपर्छ।

पुराना तीन दलका तीन भ्रष्ट पात्रहरुले जसरी मुलुकलाई यस्तो बनाए उनीहरु बिरुद्धको जेनजी विद्रोह जायज थियो । त्यसभित्र पनि प्रतिगमनकारी शक्ति र बाहिरी शक्तिहरुले पनि हात हाल्ने कोसिश गरे । तर भ्रष्ट नेताहरुले जसरी विद्रोहको बदनाम गराउन खोजे त्यो खेदजनक छ । म जनआन्दोलनको नेतृत्व गरेको अनुभवको आधारमा पनि आन्दोलन आंशिक सफल भएको छ । यसलाई थप सफल बनाउनको लागि हो ।

संविधानमार्पत शासकीय सुधार गर्न आवश्यक छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा नजाँदासम्म मुलुकमा राजनीतिक स्थिरता हुदैन । अब निर्वाचनमा जाँदा केही सुधार गरेर नजाँदा भोलि यीनै भ्रष्टाचारीहरुले देशको नेतृत्व गर्ने देखिन्छ । अहिलेसम्म भएका भ्रष्टाचारका काण्डहरुको छानविन गर्नुपर्छ । यतातिर युवाहरुको ध्यान पुगोस् भन्ने चाहाछु ।’

उहाँले जेन–जी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । उहाँले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । -न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...