राजनीति

प्रधानमन्त्री कार्कीको सम्बोधन : निर्वाचन भाग लिन दलहरूलाई आह्वान

काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन आह्वान गरेकी छिन्। अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो आह्वान गर्नुभएको छ।

‘स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सवै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत आह्वान गर्दछु,’ कार्कीको सम्बोधनमा भनिएको छ।

त्यस्तै आम नागरिकलाई युवापुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आग्रह समेत गर्नुभएको छ।

कार्कीले भन्नुभ‘एको प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवापुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई आह्वान गर्न चाहान्छु।’

त्यस्तै शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न पनि प्रधानमन्त्रीको आग्रह छ।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...