टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेन-जी आन्दोलनका घाइते
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गर्नुभएको छ ।
शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट्नुभएको हो । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो ।
आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त हुनुभएको छ । कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त हुनुभएको छ ।
मन्त्री नियुक्त भएको केही दिनपछि उहाँले शुक्रवार जेन-जी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उहाँहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो।
घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उहाँले घाइतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेन-जीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । -न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...
१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...




