राजनीति

राजनीतिक संकटका बेला दलहरु एकताबद्ध हुुनुपर्दछ : महासचिव पोखरेल

काठमाडौं।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विगतका दुई संकटपूर्ण घडीमा दलहरुको एकताकाकारण नै संघीयता र जनता सार्वभौम र देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको स्मरण गर्नुभएको छ ।

महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसंग स्मरणगर्दै त्यसबेला दलहरु विभाजि र एजेण्डामा पनि विविध अवस्थामा रहेकोमा पछि एजेण्डामा एक्तावद्ध हुँदा मुलुकको राजनीतिमा लयमा फर्किएको उहाँको भनाइ छ ।

‘असोज १८ ताका दलहरु एजेण्डामा विभाजित र अन्यौलग्रस्त थिए । तर माघ १९ पछी उनीहरुले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए ’ महासचिव पोखेरेलले लेख्नु भएको छ ‘परिणामस्वरुप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गर्यो ।’
महासचिव पोखरेलले ‘इतिहासको शिक्षा’ शिर्षक दिएर लेखेको छोटो स्टाटसमा कुनै पनि आन्दोलन,पार्टी वा नेतृत्वको भविष्य मुख्यत ः स्पष्ट एजेण्डामा निर्भर रहने उल्लेख गर्नुभएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...