राजनीति

‘कांग्रेसभित्र एकता र सङ्गठन सुदृढीकरणतर्फ नयाँ मोड’

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै सङ्गठनलाई बलियो बनाउन सक्रिय हुनुभएको छ । यही क्रममा उहाँले काठमाडौँ उपत्यका भित्र रहेका पार्टीका बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गर्नुभएको छ ।

यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उद्देश्यले छलफललाई अघि बढाएको बताउनुभएको छ ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए ।

नेताहरुलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘‘पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो संरचना बनाउने हो भने मात्रै लोकतान्त्रिक आन्दोलन सशक्त हुन्छ । गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउँछ, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’’

यसैबिच दसैँलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे छलफलमा बहस भएको छ । उक्त बैठकले सङ्गठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपक्षा गरिएको छ ।

संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेताहरूले कांग्रेसलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा पुनः उभ्याउन महत्त्वपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, ‘‘डा. महतको सक्रियता कांग्रेसलाई आगामी निर्वाचन र आन्दोलनमा बलियो नेतृत्वका रूपमा प्रस्तुत गर्ने आधार बन्न सक्छ ।’’

विज्ञहरूले यस छलफललाई केवल औपचारिकता नभई ‘पार्टी एकता अभियान’को पहिलो चरणका रूपमा लिएका छन् । डा. महतले आगामी दिनमा प्रदेश र जिल्ला तहमा पुगेर यस्तै प्रकृतिका छलफल गर्ने तयारीसमेत गरिरहनुभएको छ । विश्लेषकहरूका अनुसार, यो पहल कांग्रेसलाई असन्तुष्टिबाट निकाल्दै सङ्गठनात्मक एकता र लोकतान्त्रिक आन्दोलनमा प्रभावकारी मोड दिन सक्ने सम्भावित टर्निङ प्वाइन्ट हो ।

सम्बन्धित समाचार

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...

काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत

काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा...