२३ गते बानेश्वरमा भएको घटनामा मेरो हात छैन : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते बानेश्वरमा भएको घटनामा आफ्नो हात नभएको बताउनुभएको छ ।
बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो घटनाको निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न माग गर्नुभयो । आफूले २३ गते साँझ नै सो घटना कसरी भयो भनेर छानबिन गर्ने आयोग बनाउने भनेको उहाँले स्मरण गराउनुभयो । अहिलेको सरकारले छानबिन समिति बनाएका बताउँदै उहाँले त्यसले सत्य तथ्य सार्वजनिक गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘कसरी त्यस्तो घटना भयो ? त्यसको लागि छानबिन गर्न आयोग बनेको छ, घटनाको निष्पक्ष छानबिन होला, त्यसमा म विश्वस्त छु’, उहाँले भन्नुभयो ।
२३ गते सुरक्षाको बारेमा आफूले बालुवाटारबाट पटक पटक जानकारी लिएको बताउँदै उहाँले गोली हान्ने कुनै आदेश नदिएको बताउनुभयो । ‘बालुवाटारमा सोधेर बसिरहेको थिए, क्याजल्टि नहोस्, क्षति नहोस्, त्यही कामना गरेर बसिरहेको थिएँ, गोली चल्यो भनेको सुनेपछि, गोल कसरी चल्यो ? गोली चलाउने तहमा कसरी पुग्यो ? भनेर मैले सोधिरहेको छु, पछि मैले सुने १४ जनाको निधन भइसक्यो, कसरी मारिए १४ जना युवाहरू ? मैले खोजेको छु, मैले सोधेँ कसरी मरे युवाहरू कहाँ गोली लाग्यो ? टाउकोमा, छातीमा, अनि सुरक्षा फोर्सले त घुँडा मुनि हान्ने चलन हुन्छ घुँडा मुनि हानेको हुन्छ, कसरी टाउका टाउकामा गोली लाग्यो ? म सोध्दै छु–यस्तो किन भइराखेको छ ? कसरी रोक्न सकिन्छ यस कुरालाई ? म भन्दै छु, अनि म त्यसरी रक्तपात नहोस् देशमा भनेर भनेको भनेकै गर्ने, सोचेको सोचेकै गर्ने, अनि जसले त्यो उपद्रो मच्चाउँछ, उसले केपी ओली दोषी भनेको भनेकै गर्ने, बहुतै दुखद घटना घट्यो, वास्तवमा म स्तब्ध भएको छु, अत्यन्तै दुखित छु, यो कसरी भयो ?’, उहाँले भन्नुभयो ।
भदौ २३ गते क्षति भएपछि थप क्षति नहोस् भनि आफूले भदौ २४ गते बिहान साँढे ११ बजे नै राजीनामा दिएको उहाँले बताउनुभयो । आफूले राजीनामा दिएपछि देश जलाइएको उहाँले सुनाउनुभयो । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाए पछि राजीनामा दिएँ’, उहाँले भन्नुभयो ।
भदौ २३, र २४ गतेको घटनाको सत्य तथ्य पत्ता लगाउन आयोगको प्रतिवेदन पर्खनु पर्ने उहाँले बताउनुभयो । ‘प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ, न थाहा पाउँछ’, ओलीले भन्नुभयो ।
ओलीले जेनजीको नाममा केही युवालाई गुहराममा पारेर उद्योगहरूमा आगो लगाउने, सम्पदाहरू जलाउने, प्रहरी मार्ने र लुटपाट मच्चाउने काम भएको बताउनुभयो । नर जेनजिका युवाबाट त्यो काम नभएको र हुन नसक्ने ओलीको भनाइ छ । देशमा आगो लगाउनेलाई ओलीको प्रश्न थियो–‘के खरानी माथि बसेर सुखी हुन सक्नुहुन्छ तपाईँ भविष्यमा ?’
नेपालको नयाँ पुस्ताले सिंहदरबार, संसद्, अदालत, होटेल, उद्योगमा आगो लगाउनै नसक्ने उहाँले दाबी गर्नुभयो । जनेजी यस दोषबाट मुक्त हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
जेनजी आन्दोलनको नाममा प्रहरीको ब्यारिकेट तोड्ने काम गरिएको उहाँले बताउनुभयो । प्रहरीको ब्यारिकेट तोडिने बित्तिकै जेनजीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको भन्दै उहाँले भदौ २३ गते बानेश्वरको घटनामा जेनजीको हात नभएको स्पष्ट पार्नुभयो । केही युवालाई घेरा हालेर बानेश्वर लगी घटना घटाइएको ओलीको भनाइ छ।
उहाँले नयाँ परिवेशमा सम्पूर्ण राजनीतिक दल, नागरिक संस्था र नागरिकलाई राष्ट्र र राष्ट्रियताको पक्षमा उभिन आग्रह गर्नुभयो । संवैधानिक, कानुनी र लोकतान्त्रिक बाटोबाट समस्याको समाधान खोजिन पर्ने बताउनुभयो । उहाँले राष्ट्रलाई जोगाउन यतिबेला राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । बसेर छलफल गरी समस्याको समाधान खोज्नु पर्ने उहाँको धारणा छ । ‘अहिले जे भएको छ, त्यो समस्याको समाधान होइन’, उहाँले भन्नुभयो ।
अहिले प्रहरीका हतियार र गोली खोसिएको, ६ हजार भन्दा बढी मुद्दाका कैदी बन्दीहरू जेलबाट फरार गराइएको ओलीले बताउनुभयो । अहिले समाजलाई अतंकित बनाउने काम गरिएको ओलीको भनाइ छ । उहाँले कैदी बन्दिलाई जेल फर्कन र प्रहरीका खोसिएका हतियार फिर्ता गर्न पनि आग्रह गर्नुभयो ।
‘समाजमा कानुका राज र थिति बसाउन सबैमा म आह्वान गर्दछु’, उहाँले भन्नुभयो । ओलीले एमालेका नेता कार्यकर्ताको घर छानिछानी आगो लगाइएको बताउँदै उहाँले एमालेजन र सिङ्गो देशवासीलाई हरेस नखान आग्रह गर्नुभयो । राष्ट्र जोगाउन र राष्ट्रलाई समृद्धिको बाटोमा लैजान सबैलाई रिसराग त्याग्न पनि उहाँले आह्वान गर्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...
१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...




