खेलकुद

नेपालसँग स्तब्ध बन्यो विश्व विजेता वेष्ट इन्डिज

काठमाडौँ। नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।

युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकालेको हो।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।

वेस्ट इन्डिजका लागि ओपनिङ ब्याटर आमिर जन्गुले १९ रन जोडे भने अर्का ओपनर काइल मेयर्सलाई ५ रनमा कुशल भुर्तेलले रनआउट गरेका थिए।

त्यसपछि ज्वेल एन्ड्रयू ५ रन र अकेम अगस्टे १५ रनमा आउट भए। लगातार विकेट लिएको नेपालसामू वेस्ट इन्डिजका बलर खुलेर ब्याटिङ गर्न असफल भए।

नविन बिदैसीले २२ रन बनाए। खेल आफ्नो नियन्त्रणमा लिएको नेपालका लागि सोमपाल कामीले १८औं ओभरमा १९ रन खर्चिए। एक नोबल दिएका सोमपाललाई अकिल हुसेन र फाबियन एलेन मिलेर १९ रन बनाएका थिए।
त्यसअघि युएईको शारजाहमा टस जितेको वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १४८ रन बनाएको हो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ३ रनमै आउट भए। त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे।

कुशलले २१ बल खेलेर समान २ चौका र २ छक्काको मद्दतमा ३० रन बनाए। रोहितले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।

गुल्सन झा १६ बल खेलेर २ छक्का प्रहार गर्दै २२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन जोड्न सके। १९औं ओभरको तेस्रो बलमा दीपेन्द्रलाई गुमाएपछि पाँचौ बलमा सन्दीप जोरा पनि ९ रनमा आउट भए। दुवैलाई जेसन होल्डरले क्याच गराए। अन्तिम बलमा पनि होल्डरले करण केसीलाई शून्यमा क्याच गराए।

नन्दन यादवले अन्तिम ओभरमा एक छक्का प्रहार गर्दै नटआउट ७ रन बनाए।

बलिङमा वेस्ट इन्डिजका होल्डरले १९औं ओभरमा ३ विकेटसहित कुल ४ विकेट हात पारे। उनले चार ओभरमा २० रन मात्र दिए।डेब्यू खेलाडी नविन बिदैसीले ३ विकेट लिए। उनले चार ओभरमा २९ रन खर्चिए।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...