लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्छः दानबहादुर कार्की
काठमाडौं। ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक र्याली गरेको छ । आइतवार बिहान काठमाडौंमा चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त र्याली गरेका हुन् । ¥याली कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नेपालमा सुशासन कायम हुुनुपर्ने बताउनुभयो।

उहाँले लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्ने बताउनुभयो। नेपालीहरुको भावनाअनुरुप पारदर्शिता कायम गरी कानूनले तोके बमोजिम काम कारबाही गर्न जरुरी रहेको बताउनु भयो । चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले समाजमा त्रास बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘नेपालमा सुशासन कायम गर्नुपर्छ, नेपालमा लोकतन्त्र, सुशासन, पारदर्शिता भएर सुरक्षित समाज सिर्जना गर्नुपर्छ । नेपाली दाजुभाई दिदिबिहिनीको भावनाअनुरुप अहिलेसम्मका हाम्रा क्रियाकलापहरु भइरहेका छन् । सुशासन पारदर्शिता कायम गर्न हामी लागिपरेका छौँ । हामी सबैले आफ्नो कर्ममा नेपालीहरुको चाहनाअनुसार कानूनले तोके बमोजिम क्रियाकलाप गर्नुपर्छ । चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले जिउ ज्यानको डर हुने गरेको भन्ने गुनासो छ । हामीले सुरक्षा दिन जरुरी छ ।’
उहाँले प्रहरीले विभिन्न परिवेशको ध्यान राखेर देशको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताउनु भयो । उहाँले कसैले पनि डर र त्रासमा बस्न नपरोस् भनेर प्रहरी क्रियाशिल रहेको बताउनु भयो । रासस/न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भाले चिराइतो
ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...
उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र
काठमाडौँ। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र यसपटक पनि काठमाडौँ १ बाट उम्मेदवार छन्। उनी यसअघि २ पटक सोही क्षेत्रबाट...
माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)
काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको...
नमूना मतपत्र
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा प्रत्यक्षतर्फको नमुना मतपत्र छाप्दै कर्मचारीहरु तस्बिरहरू...




