पाकिस्तानलाई हराउँदै भारतलाई उपाधि
काठमाडौँ। पाकिस्तानलाई हराउँदै भारतले एसिया कप २०२५ को उपाधि जितेको छ। भारतले प्रतियोगिता अवधिभर अपराजित रहँदै उपाधि जितेको हो।यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडिययमा भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
साविक विजेता भारतले ४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक ‘आर्च राइभल’ मानिएको पाकिस्तानलाई हराउँदै उपाधि जित्यो। भारतको यो नवौं एसिया कपको उपाधप हो। जसमा भारतले ७ वटा एकदिवसीय फर्म्याटमा जितेको थियो। टी-२० फर्म्याटमा भारतले २०१६ मा एसिया कपको उपाधि जितेको थियो।
फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको थियो।
पाकिस्तानले दिएको १४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै १५० रनसहित लक्ष्य पूरा गरेको हो।
भारतको जितमा तिलक बर्माले सार्वधिक ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै भारतलाई उपाधि दिलाए। उनीसँगै रिन्कु सिंहले अन्तिम बलमा चौका प्रहार गर्दै ४ रनमा अविजित रहे।
सुरुवाती ३ विकेट पावरप्ले भित्र नै गुमाइसकेको भारतका लागि तिलक बर्माले सम्हालिएको पारी खेले। उनले सन्जु सामसनसँग ५७ रन र शिवम दुबेसँग ६० रनको साझेदारी गर्दै टिमलाई जित तर्फ लम्बाएका हुन्।
ओपनरद्वय अभिषेक शर्मा ५ र शुभ्मन गिल १२ रनमा पेभेलियन फर्किए। कप्तान सुर्य कुमार यादव खाता खोल्दै क्याच भएका थिए। सन्जु सामसनले २४ रन बनाए। शिवम् दुबेले ३३ रन बनाए।
पाकिस्तानका लागि फहिम असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अबर अहमदले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ब्याटर साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फखर जमानसँग ८४ रनको साझेदारी गरेका थिए। फखरले ३५ बलमा ४६ रन बनाए।
कोल्याप्स भएको पाकिस्तानको मिडलअर्डर राम्रो सुरुवात पाएको पाकिस्तानको यो प्रतियोगिता अवधिभर नै मिडरअर्डर कोल्याप्सको समस्या रह्यो। आजको खेलमा पनि त्यही भयो। ११३ मा दोस्रो विकेट गुमाएको पाकिस्तानले थप २४ रन बनाउँदा ५ विकेट गुमायो। १३४ मा ७ को अवस्थामा पाकिस्तान आइपुगेको थियो।
१७.५ ओभरमा १४१ रन बनाउँदा पाकिस्तानले नवौं विकेटको रुपमा हरिश रौफलाई गुमायो। त्यसपछि १९.१ ओभरमा मोहम्मद नवाजको रुपमा पाकिस्तान अलआउट भयो।
एसिया कपको फाइनलमा स्थान बनाएको पाकिस्तानको प्रतियोगिता अवधीभर नै ब्याटिङमा समस्या देखिएको थियो। फाइनलमा भारत जस्तो बलियो प्रतिस्पर्धीविरुद्ध अघिल्लो २ खेलबाट पाकिस्तानले केही सुधार गरेको देखिएन। ओपनिङमा राम्रो सुरुवात पाएको पाकिस्तानले मिडल ओभर कोल्याप्स हुँदा खेल गुमायो।
भारतका लागि बलिङमा सोचेअनुरुप नै स्पिनर हाबी भए। भारतका स्टार स्पिनर कुलदिप यादवले सर्वाधिक ४ विकेट लिए। अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान २-२ विकेट लिए
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




