कैलालीमा फरार कैदीलाई सम्पर्कमा आउन असोज २० सम्मको म्याद
काठमाडौँ। कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन २० गतेसम्मको समय दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै फरार रहेका कैदीबन्दीले असोज २० गतेसम्म पनि कारागार र प्रहरीको सम्पर्कमा नआए कारागार ऐन र प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
यस्तै फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । जोशीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन भइसकेको छ ।
प्रशासनले आम सर्वसाधारणलाई पनि सहयोग गर्न आग्रह गर्दै फरार कैदीबन्दीहरूको अवस्थाबारे जानकारी भएमा नजिकैको प्रहरी वा १०० नम्बरमा गोप्य रूपमा खबर गर्न अनुरोध गरेको छ ।
जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट ६६६ कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीमध्ये ३२७ जना कारागार फर्किसकेका छन् ।
पक्राउ परेका कतिपय कैदीबन्दी अन्य जिल्लाका कारागारबाट फरार भएकाहरू पनि छन् । प्रशासनका सूचना अधिकारी जोशीले कैलालीबाट फरार भएका कतिपय कैदीबन्दी अन्य जिल्लाको कारागारमा फर्किएको जानकारीमा आएको बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...
पुलचोकको दाउरा थकालीमा आगलागी
काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...




