खेलकुद

वेष्ट इन्डिजविरुद्ध नेपालको जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ऐतिहासिक सिरिज कब्जा गरेको छ ।

नेपालले सोमबार राती भएको खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै सिरिज कब्जा गरेकाे हो ।

शारजाह क्रिकेट मैदानमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८३ रन बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेख र सन्दीप जोराले अर्धशतकिय पारी खेले । ४७ बल खेलेका आसिफले ८ चौका र ४ छक्का प्रहार गर्दै ६८ रन बनाए । त्यस्तै ३९ बल खेलेका जोराले ३ चौका र १ चक्का प्रहार गरे ।

वेस्ट इन्डिजका लागि अकेल हुसेन र केलि मायर्सले दुई दुई विकेट लिए ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...