भाजपा वरिष्ठ नेता विजयकुमारको निधन
- काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय कुमार मल्होत्राको निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ९४ वर्षीय मल्होत्राको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो।
मल्होत्रा भाजपा दिल्लीका प्रथम अध्यक्ष हुनुहुन्छ। उहाँको निधनप्रति भाजपा दिल्लीले दु:ख व्यक्त गरेको छ।
भाजपा दिल्लीले विज्ञप्ति जारी गरी भनेको छ, ‘वरिष्ठ भाजपा नेता तथा भाजपा दिल्लीका प्रथम अध्यक्ष प्रोफेसर विजयकुमार मल्होत्राजीको आकस्मिक निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। दुःखको यस घडीमा सम्पूर्ण भाजपा परिवार उनको परिवारको साथमा छ।’
उहाँको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दु:ख व्यक्त गर्नुभएको छ।
उहाँको एक्समा लेख्नुभएको छ, ‘विजय कुमार मल्होत्राजीले जनताको समस्याको गहिरो बुझाइ भएका एक असाधारण नेताको रूपमा आफूलाई प्रमाणित गर्नुभयो।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




