राजनीति

महेश बस्नेतमाथि अनुसन्धान अघि बढ्दै

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको साइबर ब्युरोलाई चिठी पठाएको छ।

एक महिलाले दिएको जाहेरीका आधारमा उक्त चिठी पठाइएको हो।

उहाँले केही समयअघि हुलाकमार्फत् एमाले नेता बस्नेतविरूद्ध जाहेरी दिनुभएको छ। तर ब्युरोले उक्त जाहेरी तामेलीमा राखेको थियो।

त्यसपछि उहाँले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिनुभएको थियो। त्यही निवेदनपछि सरकारी वकिलको कार्यालयले बस्नेतविरूद्ध थप अनुसन्धान गरी राय पेस गर्नू भनी चिठी पठाएको साइबर ब्युरोका एक अधिकारीले जानकारी दिए।

‘सरकारी वकिलको कार्यालयले यही असोज ५ गते लेखेको पत्र हामीलाई प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यस आधारमा हामी अनुसन्धान अघि बढाउँदै छौं।´
जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्नू भनिएको छ।

त्यस्तै, महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा पनि थप अनुसन्धान गरी राय पेस गर्न भनिएको छ।

 

सम्बन्धित समाचार

एमालेले कहाँ कहाँ लियो अग्रता?

एमालेले कहाँ कहाँ लियो अग्रता?

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र...

पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी

पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले...

चितवन २ मा रवि लामिछाने विजयी

चितवन २ मा रवि लामिछाने विजयी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...