धनगढीमा स्कुटर दुर्घटना, एक घाइते
काठमाडौं। कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्राञ्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले स्कुटर अनियन्त्रित भएर सडकको ‘डिभाइडर’ मा ठोक्किएको थियो । घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
१.
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
-
२.
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
-
३.
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौँः गृहमन्त्री
-
४.
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
-
५.
उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...
चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...
जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...




