खेलकुद

वेष्ट इन्डिज सिरिजका दुई खेलमा निलम्बनमा हुनुहुन्थ्यो सन्दीप लामिछाने

काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको युनिटी कप सिरिजअन्तर्गतका अन्तिम दुई खेलमा निलम्बन गरिएको जानकारी दिएको छ ।

क्यानले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपलाई सिरिजका अन्तिम दुई खेलमा निलम्बन गरिएको जनाएको हो ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवम समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।

सन्दीपले अन्तिम समयमा खेल्न अस्वीकार गरेपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उहाँलाई निलम्बन गरिएको जनाइएको छ ।

यद्यपि, अक्टोबर ८ देखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...