खेलकुद

नेपाली महिला टिमलाई मलेसियाले दियो १०५ रनको लक्ष्य

काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार जारी पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र मलेसियाबाट जीतका लागि एक सय पाँच रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुरासिङ्घमले २७ रनको योगदान गरिन् ।

ओपनर ब्याटर आइना हामिजाह हासिमले पनि टोलीको खातामा २६ रन थपिन् । चौथो नम्बरकी ब्याटर मस एलिसाले आक्रामक ब्याटिङ गर्दै केवल १८ बलमा २५ रन बनाइन् ।

नेपाली टोलीकी बलर सोमु विष्टले दुई र रुविना क्षेत्रीले एक विकेट लिए । आयोजक राष्ट्र मलेसियाले अतिरिक्त रूपमा पनि ११ रन पायो ।

नेपाली महिला टोलीले तीन महिनापछि घरेलु मैदानमा आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका यो शृंखला खेल्न लागेको हो ।

नेपाल र मलेसियाको महिला टोलीबीच यसअघि ११ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा नेपालले मलेसियालाई हराएको छ । चार खेलमा भने मलेसियाले नेपाललाई हराएको छ ।

 

नेपाल र मलेसियाबीच सन् २०१९ को जनवरी १३ तारिखमा पहिलो खेल भएको थियो । त्यो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल र मलेसियाबीच अन्तिम भिडन्त सन् २०२४ को फेब्रुअरी १६ तारिखमा भएको थियो । उक्त खेलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको थियो ।

नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, राजमती ऐरी, सम्झना खडका, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी र कविता कुँवर रहेका छन् ।

मलेसिया भ्रमणका क्रममा नेपालले आयोजक राष्ट्रसँग पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ ।

दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार खेलिने छ । चौथो खेल मंगलबार र पाँचौं खेल बुधबार हुनेछ ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...