दशैँ तिहारपछि व्यस्त नेपाली फुटबलः क्यालेण्डरअनुरूप पूर्ण कार्यान्वयन गर्छौं: एन्फा महाचिव राई
काठमाडौं। देशको दुई ठूला चाड दशैँ र तिहारपछि नेपाली फुटबलका गतिविधि नियमित हुँदा व्यस्त आयोजनाहरू आगाडि बढ्ने तयारीमा छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले गत हप्ता आगामी ६ महिनाका लागि परिमार्जित फुटबल क्यालेण्डर सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुरूप आगामी चैतसम्म नेपाली फुटबल व्यस्त हुनेछ । यद्यपि एन्फाले घोषित तालिका र कार्यक्रम नगर्ने आशंका पनि भइरहेका छन् । तीमध्ये सबैभन्दा चासो शीर्ष डिभिजन लिग हो । तर एन्फाका महासचिव किरण राईले सहिद स्मारक लिग जसरी पनि हुने तर लिगको मोडलको विषयमा भने छलफल हुने प्रक्रियामा रहेको बताएका छन् । देशमा आम निर्वाचन घोषणा भएको अवस्थामा होम एण्ड अवे के हुन्छ भनेर छलफल गरिने तयारी रहेको उनले उल्लेख गरेका छन् ।
कुल १४ भेन्युमा लिग गर्ने एन्फाको योजनामा छलफल गर्न आवश्यक रहेको उनी बताउँछन् । एन्फाका महासचिव किरण राईले यु–१६ लिग रोकिँदा र चाडपर्वपछि फुटबललाई थप चलायमान बनाउने तरिकाले केही क्यालेण्डरमा परिमार्जित गरिएको उल्लेख गरेका छन् । उनले १४ भेन्युमा लिग गर्ने विषय उत्साहपूर्ण भएपनि स्थानीय सरोकारवालालाई पनि यो लिगमा जोड्ने योजना गर्न यसपल्ट सहज नभएकाले केही विकल्पमा छलफल हुने बताएका छन् । तर केही खेलहरू बाहिर लैजानेले तरिकाले पनि लिगबारे आगामी असोज २६ गते तय बैठकमा छलफल हुने उनी बताउँछन् । उनले कुनैपनि हालतमा सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने विश्वास व्यक्त गरेका छन् ।
एन्फाले आगामी ६ महिनामा पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप र साफ महिला च्याम्पियनसिप पनि गर्दैछ । साथै एन्फा प्रेसिडेन्ट लिग, मैत्रीपूर्ण फुटबल, थ्री नेसन्स महिला फुटबल, एन्फा महिला च्याम्पियनसिप, एन्फा महिला राष्ट्रिय लिग र ‘सी’ डिभिजन लिगका साथै उमेरसमूहका प्रतियोगिताहरू पनि यही अवधिमा हुनेछन् । त्यसैले एन्फा पछिल्ला ६ महिना निकै व्यस्त हुनेछ । एन्फाका महासचिव राईले यी आयोजना गर्न चुनौती रहेको र तर कुनै पनि हालत सम्पन्न हुने बताएका छन् । साथै उनले नेपाल सुपर लिग (एनएसएल) पनि एन्फाको महत्वपूर्ण कार्यक्रमभित्र रहेकाले आयोजकले तयारी पूरा गरेपछि क्यालेण्डर समावेश गर्ने बताएका छन् ।
यसअघि एन्फाको साधारण सभाले नै आगामी नोभेम्बर एनएसएल आयोजना गर्ने प्रस्ताव पास गरेको थियो । तर एन्फाले जारी गरेको क्यालेण्डरमा भने एनएसएलबारे समावेश थिएन । एन्फाका महासचिव राईले आयोजकको तयारी नपुगेकोले त्यसबारे उल्लेख नगरिएको स्पष्ट पारेका छन् ।
एन्फाका महासचिव राईले कार्यक्रम कार्यान्वयन गर्नेगरी तालिका ल्याएको उल्लेख गरेका छन् । एनएसएलको आयोजकको प्रस्ताव आएपछि नै एन्फाले त्यसलाई पनि क्यालेण्डरमा समावेश गर्दा नेपाली फुटबल निकै व्यस्त हुनेछ । दशैँ र तिहार अगाडि नै नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप क्वालिफायरको तेस्रो चरणअन्तर्गतको खेलमा भियतनामसँग उसैको घरेलु मैदानमा खेल्दैछ । नेपाली टोली अहिले त्यसैको तयारीमा छ । व्यस्त घरेलु क्यालेण्डर अगावै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पनि भारतसँग सिक्किमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसैले पनि नेपाली फुटबल असोजको अन्तिम सातादेखि नै व्यस्त हुनेछ । -न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




