समाचार

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।

त्यसैगरी अस्पतालमा आएका/मृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना रहेको छ ।

सम्बन्धित समाचार

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...

निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे

निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे

काठमाडौं। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएकामध्ये १०३ जनालाई छाडिएको प्रहरी...

मह‍ोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

मह‍ोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

काठमाडौं। मह‍ोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...