राजनीति

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेनजीको प्रदर्शन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेनजी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् ।

प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान आयोगको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । ‘जेनजी मुभमेन्ट अलायन्स’का युवाहरुले सोमवार साँझ नै इमेलमार्फत राजीनामा दिन माग गर्दै दबाबमुलक पत्र समेत आयोगमा पठाएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीहरुको नियुक्ति समेत खारेज हुनुपर्ने माग राख्दै आएका छन् । राजीनामाको मागसहित निवेदन दर्ता गराएपछि अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तज्यूहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन दर्ता गराएका छौं । यो भन्दा पहिले पनि हामीले सामाजिक सञ्जालमा राजीनामाको अभियान नै शुरु गरेका थियौं । हिजो हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इमेलमा र प्रधानमन्त्रीको कार्यालयसहितलाई बोधार्थ राखेर पत्र पठाएका थियौं त्यसैको औपचारिकताका लागि आज हामीले निवेदन दर्ता गराएका छौं ।’

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको कारण आयोगका पदाधिकारीहरु राजीनामा माग गरिएको उनीहरुको भनाइ छ । अख्तियारसहित केही कार्यालयहरुमा बिहानैदेखि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...

काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत

काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा...